नाबालिकको माध्यमबाट सुन तस्करी गर्ने चेष्टा
नाबालिकको माध्यमबाट सुन तस्करी गर्ने चेष्टा


उत्तर 24 परगना, 25 अक्टोबर (हि. स.)। जिल्लाको स्वरूपनगर थाना अन्तर्गत दहरकांदा क्षेत्रमा बीएसएफले एक जना 12 वर्षीय नाबालिकको ब्यागबाट 11 वटा सुनका बिस्कुटहरू फेला पारेको छ। जाँचमा थाहा लाग्यो, तस्करीको लागि स्वयं नाबालिककी आमाले उसलाई प्रयोग गरेकी थिई ताकि बीएसएफको नजरदेखि बच्न सकियोस्।

प्राप्त जानकारी अनुसार गए शुक्रवार राति भारत-बंगलादेश सीमा नजिक दहरकांदा क्षेत्रमा बीएसएफका जवानहरूले एक जना महिला र एक जना नाबालिकलाई संदिग्ध रूपमा घुमिरहेको देखेए केही समयपछि महिलाले एउटा ब्याग नाबालिकको हातमा दिएर त्यसलाई सीमा पारी एउटा खेतमा राख्न भनी। जवानहरूलाई उनीहरूको गतिविधिमाथि शंका लाग्यो अनि बालकलाई रोकेर जाँचबुझ गरे।

बीएसएफका जवानहरूले ब्यागको जाँच गर्दा त्यसमा 11 वटा सुनको बिस्कुट थियो। जाँचबुझमा नाबालिकले बतायो, उसकी आमा सारबिना मोल्लाले उसलाई ब्याग खेतमा राख्न भनेकी थिई।

घटनापछि सरबिना मोल्ला भाग्न सफल भई जसलाई बीएसएफले खोजिरहेको छ। जफत गरिएको सुन र नाबालिकलाई अग्रिम जाँचको लागि सीमा शुल्क विभागलाई सुम्पिइएको छ।

बीएसएफ र कस्टम विभागले यस सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande