भाजपा सांसद रामवीर सिंह बिधूड़ीले तुगलकाबाद एवं कालकाजी विधानसभाका छठ घाटहरूको गरे निरीक्षण
भाजपा सांसद रामवीर सिंह बिधूड़ीले तुगलकाबाद एवं कालकाजी विधानसभाका छठ घाटहरूको गरे निरीक्षण


नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। दक्षिणी दिल्ली लोकसभाबाट भारतीय जनता पार्टी (भाजपा) सांसद रामवीर सिंह बिधूड़ीले शनिवार तुगलकाबाद र कालकाजी विधानसभा क्षेत्रका छठ घाटहरूको निरीक्षण गरे। उनले भने, छठ महापर्व श्रद्धा, स्वच्छता एवं समरसताको सन्देश दिने पर्व हो र हामी सबैले मिलेर यसलाई सफल बनाउनुपर्छ।

निरीक्षणमा तुगलकाबाद काया - माया छठ घाट, हरकेश नगर डीडीए पार्क छठ घाट, गोविन्दपुरी छठ घाट, कालकाजी छठ घाट तथा श्रीनिवासपुरी छठ घाट सामेल छन्।

रामवीर सिंह बिधूड़ीले भने, सबै घाटहरूमा उत्कृष्ट व्यवस्था गरिएको छ। प्रकृति र समृद्धिको यस पर्वमा प्रशासन अनि आरडब्ल्यूए तथा सामाजिक संस्थानहरू सहित भाजपा कार्यकर्ताहरू पनि जुटेका छन्। छठ महापर्व आस्था, एकता औ सांस्कृतिक समरसताको प्रतीक हो। महापर्वको सफल आयोजनको लागि भाजपाका सबै नेता एवं कार्यकर्ताहरूले पूर्ण उत्साह र निष्ठाको साथमा कार्य गरिरहेका छन्।

उनले भने, मुख्यमन्त्री रेखा गुप्ताको मार्गदर्शनमा यस वर्ष छठ महापर्वको आयोजनको लागि अभूतपूर्व तयारी गरिँदैछ। हाम्रो लक्ष्य हो, प्रत्येक व्रतालु र श्रद्धालुलाई स्वच्छ, सुरक्षित एवं सुव्यवस्थित वातावारण उपल्बध गराउनु। दिल्लीका सबै छठ घाटहरूमा आयोजित यो भव्य पर्व धार्मिक आस्थाको प्रतीक मात्र नभएर यसले हाम्रो सांस्कृतिक विविधता एवं सामाजिक एकतालाई पनि सशक्त बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande