कोन्नगरमा विसर्जनपछि भाजपा नेता र परिवारमाथि हमला, क्षेत्रमा तनाउ व्याप्त
कोन्नगरमा विसर्जनपछि भाजपा नेता र परिवारमाथि हमला, क्षेत्रमा तनाउ व्याप्त


हुगली, 25 अक्टोबर (हि.स.)। काली पूजा विसर्जनगरेपछि गए शुक्रवार राति भएको हिसांत्मक घटनाले हुगली जिल्लाको कोन्नगर क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। आरोप छ, प्रतिमालाई नदीमा विसर्जन गरेर फर्किँदै गर्दा केही असामाजिक तत्वहरूले पूजा समितिका सदस्यहरूमाथि हमला गरे। यस हमलामा पूजा समितिका सदस्य तथा स्थानीय भाजपा मण्डल अध्यक्ष आकाश राय सहित उनको परिवारका सदस्यहरू घाइते भए। आरोप छ, आकाशको भाइको शिरमा गम्भीर चोट लागेको छ।

जानकारी अनुसार कोन्नगर साधुघाटमा स्थानीय पूजा समितिका सदस्यहरू प्रतिमा विसर्जन गर्न गएका थिए। विसर्जनपछि घर फर्किँदा अचानक केही युवकहरूले उनीहरूमाथि हमला गरे। आरोप छ, आक्रमणकारीहरूलाई आकाश राय भाजपासित जोड़िएको कुरा थाहा लागेपछि झन् उनलाई निर्दयतापूर्वक कुटपिट गरियो। भनिन्छ, ईँटा र फलामको ब्रेसलेटले प्रहार गरियो।

घाइते आकाशका भाइ उज्ज्वल रायले बताए, साधु घाटबाट प्रतिमा विसर्जन गर्र फर्किरहेको समय अचानक केही युवकहरूले हामीमाथि हमला गरे। मेरो दाज्यु भाजपामा भएको कारण यस्तो भएको हो। तर यो त सम्पूर्ण टोलको पूजा थियो। म कुनै पनि राजनीतिक दलसित जोड़िएको छुइनँ। मेरो टाउको र आँखामा चोट लागेको छ। पुलिसले पनि कुनै सहयोग गरेन। घाट क्षेत्रको सीसीटीभी क्यामराको फुटेज हेरेर पुलिसले आरोपीहरूलाई पक्राउ गरोस्।

पुलिसले घटनाको जाँच शुरू गरेको छ भने क्षेत्रमा अहिले पनि तनाउ व्याप्त भएको छ। अर्कोतिर स्थानीय भाजपा नेतृत्वले उक्त घटनाको कड़ा निन्दा गरेका छन्। श्रीरामपुर सांगठनिक जिल्ला भाजपा कमिटीका सदस्य पंकज रायले शनिवार भने, यस्तो कसैसित पनि हुनु हुँदैन। पुलिसले दोषीहरूमाथि कड़ा कारबाही गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande