भाड़ाको घरमा युवतको शव भेटियो
भाड़ाको घरमा युवतको शव भेटियो


गुवाहाटी, 25 अक्टोबर (हि.स.)। राजधानी गुवाहाटीको हाथीगाउँ थानान्तर्गत लक्ष्मीनगरमा भाड़ाको घरमा युुवतीको शव भेटियो। यस घटनाले सम्पूर्ण क्षेत्रमा तनाउ फैलाएको छ।

हाथीगाउँ पुलिसले शनिवार बतायो, गए राती 112 नम्बरमा पुलिसलाई फोन आयो जसमा भनियो, जनकपुरको श्रीकृष्ण मार्गस्थित घर नम्बर-12 मा आत्महत्याको घटना भएको छ। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि युवतीको शवलाई कब्जामा लियो। शव नजिकै लगभग डेढ़ लाख रुपियाँ नगद सहित नशालु पदार्थ फेला परेको छ। तथापि शवको पहिचान अहिलेसम्म हुन सकेको छैन।

जाँचबुझमा थाहा लाग्यो, लगभग डेढ़ महिनापूर्व नयन र मृतका प्रेमी-प्रेमिकाको रूपमा उक्त घरमा बस्न आएका थिए। नयन युवतीसित लिभ-इन-रिलेशनमा बस्दै आइरहेको थियो। पुलिसले शंका व्यक्त गरेको छ, नयन उक्त अपरिचित युवतीको हत्या गरेर मोबाइल फोनबाट सबै प्रमाणहरू मेटाएर भागेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कालेज एण्ड हस्पिटल (जीएमसीएच)-मा पठाउनको साथै यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी नयन दासलाई खोज्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande