
नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। पूर्वाञ्चल समाजका मानिसहरूको निवेदनमा भारतीय जनता पार्टी (भाजपा)-का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार यमुना ब्याङ्क मेट्रो स्टेशन नजिकै अवस्थित बन्द भएको छठ पूजा घाटलाई पुनः आरम्भ गराए।उनले भने, यस घाटलाी वर्ष 2020-मा केजरीवाल सरकारले बन्द गराएको थियो।
बिहार जागरण मञ्चका संरक्षक एवं एनडीएमसी सदस्य दिनेश प्रताप सिंहको नेतृत्वमा ठूलो संख्यामा पूर्वाञ्चलवासीहरूले गए शुक्रवार सचदेवासित भेट गरी घाटलाई फेरि शुरू गराउने अनुरोध गरेका थिए। भाजपा प्रदेश अध्यक्षले पनि तुरून्तै क्षेत्रीय अधिकारीहरूसित कुरा गरेर अनुमति दिलाइदिए अनि जेसीबी मशिनको सहयोगमा घाट निर्माण कार्य शुरू गराइदिए।
शनिवार बिहान वीरेन्द्र सचदेवा स्वयं निर्माणाधिन छठ घाटमा पुगे जहाँ उनले सफाई श्रमदानमा भाग लिए। उनले भने, लक्ष्मी नगर, पाण्डव नगर र वरपरका क्षेत्रहरूमा बसोबास गर्दै आएका बिहार समाजका मानिसहरूको वर्षौंं पुरानो आकांक्षा आज पूरा भएको छ। केजरीवाल सरकारले धार्मिक अनि सांस्कृतिक पर्वहरूमा पनि बाधा दिएको थियो, तर भाजपाको रेखा गुप्ता सरकारले जन-जनको पर्वलाई उत्सव अनि उत्साह दिरहेको छ।
दिनेश प्रताप सिंहले भने, दिल्ली भाजपा अध्यक्ष एवं दिल्ली सरकारद्वारा छठ घाटलाई पुनः आरम्भ गरिएकोले पूर्वी दिल्लीको पूर्वाञ्चल समाजमा हर्ष अनि आभारको वातावरण छ।
यस अवसरमा विधायक अभय वर्मा, एनडीएमसी सदस्य दिनेश प्रताप सिंह, शाहदरा जिल्ला अध्यक्ष दीपक गाबा, पूर्वाञ्चल मोर्चा अध्यक्ष सन्तोष ओझा, पार्षद सन्दीप कपूर, नीलम नीतू चौधरी, रामकिशोर शर्मा सहित ठूलो संख्यामा बिहार जागरण मञ्चका सदस्यहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा