मुख्यमन्त्रीले ‘मुख्यमन्त्री महिला उद्यमिता अभियान’ अन्तर्गत लखिपुरमा गरे चेक वितरण कार्यको शुभारम्भ
मुख्यमन्त्रीले ‘मुख्यमन्त्री महिला उद्यमिता अभियान’ अन्तर्गत लखिपुरमा गरे चेक वितरण कार्यको शुभारम्भ


कछार (असम), 25 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कछार जिल्लाको लखिपुरमा आयोजित एक जनसभामा मुख्यमन्त्री महिला उद्यमिता अभियान अन्तर्गत आर्थिक सहायता वितरणको शुरुआत गरे। यो राज्यमा महिला सशक्तिकरणको दिशामा एक नयाँ अध्याय मानिँदैछ।

मुख्यमन्त्रीले लखिपुर विधानसभा क्षेत्रका 19,318 महिला लाभार्थीहरूलाई उद्यमिताको प्रारम्भिक पूँजीको रूपमा 10 हजार रुपियाँको चेक वितरण गरे। यस अवसरमा मुख्यमन्त्रीले भने, यो पहलले महिलाहरूलाई आफ्नो व्यवसाय स्थापना गर्न र उनीहरूलाई अगाड़ि बढ़ाउनमा सहायता गर्नेछ जसबाट उनीहरूको परिवारको आर्थिक स्थितिलाई मात्र सुदृढ़ नबनाएर समाज र राज्यको विकासमा पनि अग्रणी भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande