काली पूजाको पण्डाल खोल्ने क्रममा डेकोरेटर कर्मचारीको करेन्टको चपेटमा परी मृत्यु
काली पूजाको पण्डाल खोल्ने क्रममा डेकोरेटर कर्मचारीको करेन्टको चपेटमा परी मृत्यु


हुगली, 25 अक्टोबर (हि. स.)। जिल्लाको उत्तरपाड़ामा काली पूजाको पण्डाललाई भत्काउँदै गर्दा पण्डालमा काम गरिरहेका एकजना डेकोरेटर कर्मचारीको करेन्टको चपेटमा परी मृत्यु भयो। मृतकको नाम दीप चौधरी (32) रहेको बताइएको छ जो उत्तरपाड़ा माखला क्षेत्रका निवासी थिए।

प्राप्त जानकारी अनुसार शनिवार उत्तरपाड़ा नगरपालिकाको 19 नम्बर वार्डमा राजा प्यारी मोहन रोडस्थित युथ फोरम काली पूजा कमिटीको पण्डाल भत्काइरहेको थियो। दीप चौधरीले पनि त्यहाँ काम गरिरहेका थिए। काम गर्ने क्रममा उसको हात माथिबाट लगेको बिजुलीको तारसित ठोक्कियो जसबाट उ तीव्र करेन्टको चपेटमा पऱ्यो। करेन्ट लाग्नसाथ उ तारमा झुण्डियो अनि उसको घटनास्थलमै मृत्यु भयो।

घटनाको सूचना पाए लगत्तै उत्तरपाड़ा थाना पुलिस र दमकल विभाग घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूको सहयोगले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिसले अब यो जाँच गरिरहेको छ कि बिजुलीको आपूर्ति भइरहेको बेला पण्डाल भत्काउने काम किन गरिँदैथ्यो। प्रशासनले घटनाको विस्तृत जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande