
हावड़ा, 25 अक्टोबर (हि. स.)। जिल्लाको डोमजुड़ क्षेत्रमा गए शुक्रवार अबेर राति एउटा फलामको फ्याक्ट्रीमा आगो लाग्यो।
प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ, दीपावलीमा पटाका पड़काउँदा निक्लेको झिल्का फ्याक्ट्री परिसरमा पुगेर आगो सल्कियो।
प्राप्त जानकारी अनुसार आगलागी भइरहँदा फ्याक्ट्रीमा रहेको एउटा ग्यास सिलेण्डर पनि विस्फोट भो जसबाट आगो झन् तीव्र गतिमा फैलिएर सम्पूर्ण कारखानालाई आफ्नो चपेटमा लियो। घटनापछि वरपरका क्षेत्रहरूमा कोकोहोलो मचियो।
स्थानीय मानिसहरूले आरोप लगाए, सूचना दिएको लगभग दुई घण्टापछि मात्र अग्निशमन विभागका वाहनहरू घटनास्थलमा आइपुगे। दमकलहरू ढिलो गरी आइपुगेको कारण समस्या झन् बढ़्यो। असन्तुष्ट स्थानीय मानिसहरूले आफै पानीको बाल्टी र पाइप लगाएर आगोलाई निभाउने प्रयास गरे।
हाल आगोलाई नियन्त्रण गरिएको छ, तर फ्याक्ट्रीको अधिकांश भाग नै जलेर खरानी भएको छ। घटनामा कुनै प्रकारको मानवीय क्षति भएको खबर छैन। पुलिस र दमकल विभागले आगलागीको सठीक कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा