
सोनादा, 25 अक्टूबर (हि.स.)। रंगमुक चियाबारीको लोवर बीच गाउँ निवासी प्रणय राईले दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीमा विजेता बनेका छन्। दार्जिलिङमा ठकुरी नर्सरीको आयोजनामा सम्पन्न पुष्प प्रदर्शनीमा रंगमुक चियाबारीको लोवर बीच गाउँमा अवस्थित अर्किड घरका मालिक प्रणय राई विजेता बनेका हुन्।
विजेतालाई पुरस्कार पूर्व सिक्किमको पाकिमस्थित आईसीएआरका कलाई बरदानद्वारा प्रदान गरियो। यस पुष्प प्रदर्शनीमा प्रणय राईले पमपम र मल्टी भ्याराइटीमा प्रथम पुरस्कार जित्न सफल बने। त्यसरी नै उनले जेन्ट भ्याराईटीमा दोस्रो र मल्टी हेडमा पनि दोस्रो पुरस्कार जित्न सफल भएका छन्।
यसको साथमा प्रणय राईले दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीको सबै वर्गमा भाग लिएकिले च्याम्पियन अफ् च्याम्पियन ट्रफी पनि जित्न सफल बनेका छन्। दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीमा पुरस्कार जितेपछि फूल खेतीमा रहेका प्रणय राईले भने, 'लगातार 2022 देखि 2024 सम्म हामीलाई दार्जिलिङको चौरास्तामा पुष्प प्रदर्शनीको लागि अनुमति दिइएको छ र नै हाम्रा फूलहरु पनि बिक्री भइरहेका थिए। तर, यो पाली हामीलाई चौरास्तामा पुष्प प्रदर्शनीको लागि अनुमति दिइएन र भानु भवनमा अनुमति दिइयो। यस कारण फूलहरु कम मात्रामा बिक्री भए। सम्बन्धित विभाग र निकायले हामीलाई चौरास्तामा नै प्रदर्शनीहको लागि अनुमति दिए असल हुनेछ।'
हिन्दुस्थान समाचार / हनोक