
पश्चिम मेदिनीपुर, 25 अक्टोबर (हि.स.)। जिल्लाको दाँतन ब्लक-2 अन्तर्गत सौरि बंदुचक गाउँमा गए शुक्रवार अबेर राती एकजना विवाहिताले कथित रूपमा फाँसी लगाएर आत्महत्या गरी। मृतकाको पहिचान रिना बर साऊ (25)को रूपमा भएको छ।
जानकारी अनुसार मृतकाको आफ्नो पतिसित केही दिनदेखिको घरेलु कारणहरूलाई लिएर विवाद भइरहेको थियो। शुक्रवार पति तपन आफ्नी बहिनीको घरमा गएको थियो। यसबीच घरमा एक्लै रिनाले सुत्ने कोठामा फाँसी लगाएर आत्महत्या गरिन्। घटना बारे जानकारी पाउनसाथ बेलदा थाना अन्तर्गत जोरागेड़िया फाँड़ीको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा