
मेदिनीपुर, 25 अक्टोबर (हि.स.)। घाटालको जयनगर क्षेत्रमा शनिवार बिहान माँ कालीको प्रतिमा हराएको खबर फेलिनसाथ कोकोहोलो मचियो।
स्थानीय ग्रामीणहरूले देखे, पूजास्थल पूर्ण रूपले तहस-नहस भएको छ र घट पनि भत्केको छ। घटनाको खबर फैलिनसाथ सारा गाउँ घटनास्थलमा भेला भए। ग्रामीणहरू प्रतिमाको खोजीमा जुटे। घण्टौसम्म खोजी गरेपछि प्रतिमालाई नजिकैको एउटा पोखरमा भेटियो। ग्रामीणहरूले तत्कालै पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर पोखरीबाट प्रतिमालाई निकाल्यो।
स्थानीय मानिसहरूको भनाइ छ, यो कृत्य अज्ञात दुष्कृतिहरूद्वारा गरिएको प्रतीत हुन्छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ भने आरोपीहरूलाई चिन्हित गर्नको लागि वरपरका क्षेत्रहरूमा जाँच गरिरहेको छ।
यस घटनाबाट क्षेत्रमा धार्मिक वातावरण प्रभावित भएको छ। ग्रामीणहरूले प्रशासनसित सुरक्षा व्यवस्था बढ़ाउने अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा