
गान्तोक, 25 अक्टूबर (हि.स.)। मिजोरमका राज्यपाल जनरल वीके सिंह दुई-दिने भ्रमणमा सिक्किम आएका छन्। राज्यपाल सिंह 2५ र २६ अक्टोबर, २०२५ औपचारिक भ्रमणमा आएका हुन्।
सिङताम छेउ बरदाङमा राज्यपाललाई राज्य गृह विभागका संयुक्त सचिव प्रणीत प्रधान, रम्फूका एसडीएम सुजाता सुब्बा र भारतीय सेनाका अधिकारीहरूले स्वागत जनाए। राजधानीस्थित राजमवनमा राज्यपाललाई गार्ड अफ अनर दिइयो।
यस अघि राज्यपाललाई बागडोग्रा विमानस्थलमा राज्य गृह विभागका सहायक प्रोटोकल अधिकारी र गृह विभाग, बागडोग्रा विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका दिए।
हिन्दुस्थान समाचार / बिशाल