मिजोरमका राज्यपाल‌ वीके सिंहले सिक्किमका राज्यपालसॅंग भेट गरे
Mizoram-sikkim-governor


गान्तोक, 25 अक्टूबर (हि.स.)। सिक्किमको दुई दिवसीय भ्रमणमा आएका मिजोरमका राज्यपाल जनरल वीके सिंहले‌ आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे।

राजभवन अनुसार, यस अवसरमा राज्यपालहरूले आफ्ना-आफ्ना राज्यका विकासात्मक गतिविधिहरूमा सकारात्मक छलफल गरे, जसमा विशेषगरी पूर्वोत्तर क्षेत्रमा समावेशी विकास र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा जोड दिइयो। राज्यपाल माथुरले जनरल वीके सिंहलाई सिक्किम राज्यमा हार्दिक स्वागत गर्दै उनको सुखद र स्मरणीय भ्रमणको शुभकामना व्यक्त गरेका छन्।

यसअघि, मिजोरमका राज्यपालको स्वागत ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एमएस राठौर र गृह विभागकी सचिव बिनु गुरुङले गरेको थियो। यस क्रममा भारत-तिब्बत सीमा पुलिसद्वारा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande