
खड़गपुर, 25 अक्टोबर (हि. स.)। खड़गपुरमाआज पूर्णश्रद्धा औ उत्साहको साथमा नाग पञ्चमी पर्व मनाइयो। विशेष शहरको तेलुगु समुदायका मानिसहरूले पारम्परिक विधि-विधान पूर्वक नागदेवताको पूजा-अर्चना गरी यस पौराणिक पर्वलाई धूमधामले पालन गरे।
शहरको न्यू सेटलमेन्टस्थित टीबी अस्पताल परिसर, निमपुरा, रेलवेसाइड क्वार्टर एरिया औइंदा क्षेत्रमा तेलुगु समाजका परिवारहरूले सामूहिक पूजाको आयोजन गरे। पूजा पण्डालहरूलाई फूल अनि आँपको पत्ता र रंगोलीले सजाइएको थियो। महिलाहरूले पारम्परिक तेलुगु परिधानमा नाग देवताको पूजा गरी परिवारको सुख-समृद्धि तथा सर्पदंशबाट रक्षा गर्ने प्रार्थना गरे।
पौराणिक कथा अनुसार नागपञ्चमी भगवान शिवसित जोड़िएको पर्व हो। भनिन्छ, यस दिन नाग देवताको पूजा गर्नाले घरमा शान्ति र समृद्धि आउँछ। महाभारतमा पनि यस पर्वको उल्लेख पाइन्छ- जनमेजयद्वारा गरिएको सर्पयज्ञलाई रोक्नको लागि अस्तिक मुनिले नागहरूको स्तुति गरेका थिए। तबदेखि नै नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्परा शुरू भएको हो।
खड़गपुरमा तेलुगु समुदायको जन संख्या ठूलो संख्यामा छ भने यस समुदायमा नागपञ्चमीलाई विशेष धार्मिक आस्थासित जोड़िन्छ। महिलाहरूले यस दिन “नागुला चविती” नामले व्रत राख्दछन् भने माटोले नाग देवाको रूप बनाएर पूजा गर्दछन्। पूजापछि दूध र हर्दी-चामल अर्पण गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा