तृणमूल सरकार जिहादी सोचको प्रतीक होः सुकान्त मजुमदारको धारिलो प्रहार
तृणमूल सरकार जिहादी सोचको प्रतीक होः सुकान्त मजुमदारको धारिलो प्रहार


मालदा, 25 अक्टोबर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको काकद्वीपमा माँ कालीको मुर्ति भत्काएर त्यसलाई प्रिजन भ्यानमा राखिएको घटनालाई लिएर तृणमूल कंग्रेस सरकारमाथि पूर्व भाजपा प्रदेश अध्यक्ष एवं केन्द्रिय राज्यमन्त्री डा. सुकान्त मजुमदारले धारिलो प्रहार गरे।

शनिवार मालदामा पत्रकारहरूसित बातचित गर्दै डा.मजुमदारले भने, पछिल्ला केही वर्षभित्रमा पश्चिम बंगालका केही भागहरूमा देवी-देवताहरूको मुर्तिमाथि हमला गर्ने घटनाहरू बढ़्दै गएको छ। तृणमूल सरकार सत्तामा आएपछि यसप्रकारका घटनाहरूमा तीव्रता आएका छन्। यो अत्यन्त दुर्भाग्यपूर्ण छ र यसको समाधान त्यसबेला मात्र सम्भव हुनेछ जतिबेला यो सरकार जानेछ।उनले अझ भने, तृणमूल एउटा यस्तो पार्टी हो जो जिहादी मानसिकता भएका मानिसहरूले सरकार चलाइरहेका छन्। बंगालमा धार्मिक असहिष्णुता र सांस्कृतिक अपमानलाई प्रोत्साहित गरिँदैछ।

भाजपा नेताले आरोप लगाए, राज्यमा तृणमूल सरकारको शासनमा हिन्दू आस्थामाथि निरन्तर हमला भइरहेको छ भने प्रशासन मूकदर्शक भएर बसेको छ। उनले भने, बंगालका जनकाले अब यस सरकारको विरोधमा एकजुट भएर जवाफ दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande