महाराष्ट्रको सतारामा महिला डाक्टर आत्महत्या मामिलामा निलम्बित पुलिसकर्मी पक्राउ
महाराष्ट्रको सतारामा महिला डाक्टर आत्महत्या मामिलामा निलम्बित पुलिसकर्मी पक्राउ


मुम्बई, 25 अक्टोबर (हि.स.)। महाराष्ट्रको सातारा जिल्लाको फलटण उपजिल्ला अस्पतालकी महिला डाक्टर आत्महत्या मामिलामा पुलिसले आरोपी एकजना निलम्बित पुलिसकर्मीलाई शनिवार भोर बिहान पक्राउ गऱ्यो। फलटण सिटी पुलिस स्टेशनको टीमले आरोपी प्रशान्त बनकरलाई जाँचबुझ गरिरहेको छ भने दोस्रो आरोपी पुलिसकर्मी गोपाल बदनेलाई द्रूत गतिमा खोजीरहेको छ।

यस मामिलाको जाँच गरिरहेका पुलिस अधिकारीले आज बताए, दुवै आरोपीमाथि महिला डाक्टरलाई मानसिक एवं शारीरिक प्रताड़ना दिएको मामिला दर्ता गरिएको छ। आरोपी प्रशान्त बनकर पुणेस्थित आफ्नो साथीको फार्म हाउसमा लुकेर बसेको थियो। यसबारे जानकारी पाउनसाथ पुलिसले भोर बिहान 4 बजे उसलाई पक्राउ गऱ्यो।

उल्लेखनीय छ, दुवै आरोपीदेखि दिक्क भएकी महिला डाक्टरले फलटणकै एक होटलको कोठाभित्र आत्महत्या गरेकी थिइन्। महिला डाक्टरले आत्महत्या गर्नपूर्व आफ्नो हातमा आरोपी पुलिसकर्मीहरूको नाम लेखेकी थिइन्। यस घटनाको जानकारी पाउनसाथ मुख्यमन्त्री देवेन्द्र फडणवीसले शुक्रवार सातारा जिल्ला पुलिस अधीक्षक तुषार दोषीलाई तत्काल प्रभावदेखि दुवै पुलिसकर्मीलाई निलम्बन गरी पक्राउ गर्ने अनि मामिलाको गहन अनुसन्थान गर्ने आदेश दिएका थिए। त्यसपछि सातारा पुलिस अधीक्षकले दुवै पुलिसकर्मीहरूलाई निलम्बित गरिदिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande