
कोलकाता, 25 अक्टोबर (हि.स.)। महाराष्ट्रको सतारा जिल्लामा कथित बलात्कारपछि एकजना महिला डाक्टरले गरेको आत्महत्याको मामिलालाई लिएर भारतीय जनता पार्टी (भाजपा)-को मौनतामाथि तृणमूल कंग्रेसले शनिवार तीव्र प्रहार गऱ्यो।
तृणमूल कंग्रेस पार्टीकी राष्ट्रिय प्रवक्ता औ पश्चिम बंगालकी मन्त्री शशि पाञ्जाले सम्वाददाता सम्मेलनमा भनिन्, यदि यस्तो मामिलामा बंगालमा भएको भए सारा देशमा खैलाबैला हुन्थ्यो। हामीलाई थाहा छ, भाजपा अहिलेसम्म राजनतिक रूपमा कंगाल थियो अब भावनात्मक रूपमा पनि कंगाल भइसकेको छ? सताराको यस दर्दनाक घटनामाथि पार्टीले एक शब्द पनि भनेन।
पाञ्जाले राष्ट्रिय मीडियाको भूमिकामाथि पनि प्रश्न उठान गर्दै भनिन्, अब मीडियाको आवाज कहाँ गयो? राष्ट्रिय च्यानल किन मौन छ? यदि यो घटना पश्चिम बंगालमा भएको भए महिला आयोग र मानवाधिकार आयोगका सदस्यहरूले तुरून्तै राज्यको दौड़ाह गर्थे।
पुलिस अनुसार महाराष्ट्रको सतारा जिल्लास्थित सरकारी अस्पतालमा कार्यरत महिला डाक्टरलाई गत बिहीवार राती होटलको कोठाभित्र फाँसीमा झुण्डिरहेको भेटियो। उनको हातेलीमा लेखिएको सन्देशमा एकजना पुलिस उपनिरीक्षकमाथि बलात्कार तथा मानसिक उत्पीड़नको आरोप लगाइएको थियो। अधिकारीहरूले बताए, शनिवार आत्महत्या नोटमा नामित दुईजना आरोपीहरूमध्ये एकजनालाई पुणेबाट पक्राउ गरिएको छ।
शशि पाञ्जाले भनिन्, न्यायको कुरा गर्ने एजेन्सीहरू अब कहाँ छन्? के यो गैर-भाजपाशासित राज्यहरूको लागि मात्र हो? के भाजपाशासित ‘डबल इञ्जीन सरकार’-हरूमाथि यिनीहरूको नजर जाँदैन?” उनले यो पनि आरोप लगाइन्, बंगाली बोल्ने सबैलाई भाजपाले बंगलादेशी भन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा