
नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। कंग्रेस नेता उदित राजले शनिवार यहाँको सरकारी आवास अगाड़ि पत्रकार वार्ता आयोजना गरी भने, उनले सम्पूर्ण रात सड़कभरि फालिएका आफ्नो सामानहरूसितै बिताए। उनले भने, मेरो घर खोस्न सक्छ, तर मेरो आवाजलाई होइन, जबसम्म देशमा जातिगत अन्याय रहन्छ तबसम्म म सड़कमा पनि लड़ाईँ जारी राख्नेछु।
यस पत्रकार वार्तामा झारखण्ड कंग्रेसका प्रभारी के राजू, उदित राजकी पत्नी सीमा राज (पूर्व प्रिन्सिपल डाइरेक्टर जनरल अफ इनकम ट्याक्स), कंग्रेसको एससी विभागका चेयरम्यान राजेन्द्र पाल गौतम औ राजस्थानकी विधायक अनिता जाटव पनि उपस्थित थिए। सबै नेताहरूले एक सुरमा भने, यो कारबाही प्रतिशोधको भावनाबाट प्रेरित मात्र नभएर यो दलित नेताहरूको आवाजलाई दबाउने प्रयास हो। यो घटनाले देखाउँछ कि सत्तामा बसेका मानिसहरू विपक्षका दलित नेताहरूसित डराउँछन् अनि उनीहरूको आवाजलाई कुल्चिनको लागि हरेक सीमालाई पार गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा