
श्रीनगर, 25 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरकामुख्यमन्त्री उमर अब्दुल्लालेशनिवार भने,नेशनल कन्फ्रेन्स (एनसी)-ले राज्यसभाका सबै चारै वटा सीट जित्ने पूर्ण प्रयास गरेका थियौं, तर 3-1को अन्तिम परिणामले मतदानको अन्तिम चरणमा सफलता अनि निराशा दुवैलाई दर्शाएको छ।
उमर अब्दुल्लाले मीडियाकर्मीहरूसित बातचित गर्दै भने, 3-1 को परिणाममा कुनै सन्देह हुनु हुँदैन। हामीले 4-0को जीतको लागि हरसम्भव प्रयास गऱ्यौं, तर हिजो मैले जे भनेको थिएँ, अन्तिम चरणमा हामीलाई कतिपय क्षेत्रहरूबाट निराशा हात लाग्नसक्छ।
उनले भने,अब योस्पष्टभइसकेको छ कि कसले हामीलाई समर्थन गऱ्यो र कसले गरेन, तथापि मलाई यहाँ कसैको नाम उच्चारण गर्नु उचित लाग्दैन। यो वास्तवमा दुर्भाग्यपूर्ण हो, तर म त सबैप्रति आभारी छु जसले अन्तसम्म हामीलाई साथ दियो। अन्तिम समयमा जसले आफ्नो समर्थन फिर्ता लियो उनीहरूको लागि यो निराशाजनक छ।
यद्यपिउमरले यसमाथि सन्तोष व्यक्त गरे, नेशनल कन्फ्रेन्सको कुनै पनि भोट क्रस भोटिंग वा बर्बाद भएन। यसमाथि उनले भने, मलाईयस कुरामाथि सन्तुष्टि छ कि नेशनल कन्फ्रेन्सको एउटै पनि भोट गल दिशामा गएन।
उमर अब्दुल्लाकोयोटिप्पणी राज्यसभा चुनाउको परिणाम आएको एक दिनपछि आएको छ जसमा नेशनल कन्फ्रेन्सले चारमध्ये तीन वटा सीटमा जीत हासिल गऱ्यो भने कड़ा प्रतिस्पर्धाबीच भाजपा एउटा सीट जित्न सफल भयो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा