
तिनसुकिया, 25 अक्टोबर (हि.स.)। असमको तिनसुकिया जिल्ला अन्तर्गत जागुन छेउ शनिवार राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा 58 वर्षीय एकजना महिलाको मृत्यु भयो।
पुलिस सूत्रले बतायो, राष्ट्रिय राजमार्गमा एकजना द्रूत गतिको मोटरसाइकल सवार व्यक्तिले उक्त महिलालाई ठक्कर दियो जसले गर्दा महिलाक घटनास्थलमै मृत्यु भयो। सूचना पाउनसाथ पुलिसको टीम घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।हाल यस घटनाको सम्बन्धमा प्राथमिकी दर्ता गरेर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा