बघाट ब्याङ्क मामिलामा दोस्रो डिफल्टर पक्राउ
बघाट ब्याङ्क मामिलामा दोस्रो डिफल्टर पक्राउ


सोलन, 25 अक्टोबर (हि.स.)। बघाट ब्याङ्कको अझ् एक ऋण डिफल्टरलाई शनिवार पक्राउ गरिएको छ, अहिलेसम्मको यो दोस्रो गिरफ्तारी हो। कलेक्टर-सह-सहायक पंजीयक सहकारी समितिहरूको न्यायालय सोलनद्वारा रविन्दर नाथ पुत्र भगत राम निवासी गाउँ र डाकखाना बीशा तहसील कन्डाघाट, जिल्ला सोलन विरूद्ध 75(ए) ल्याण्ड रेवेन्यू एक्ट 1954 अन्तर्गत गिरफतारी वारन्ट जारी गरिएको थियो। रविन्दर नाथद्वारा बघाट ब्याङ्क सोलनबाट व्यापारिक उद्देश्यको निम्ति ऋण लिइएको थियो तर उनी तय समय सीमाभित्र ऋण फर्काउनमा विफल रहे। यसमा उनलाई बघाट ब्याङ्क सोलनद्वारा डिफल्टर घोषित गरिएको थियो। यसको ब्याज सहित कूल देनदारी 3,49,26,957 रुपियाँ भएको छ।

रविन्दर नाथ विरूद्ध सह सहायक रजिस्ट्रार सहकारी समितिहरूको सोलन कोर्टमा लोन रिकवरीको मामिला चलिरहेको थियो तथा रविन्दर नाथलाई उक्त कोर्टद्वारा बारम्बार नोटिस दिइँदैथियो। तर उनी कोर्टमा पेश भइऱहेका थिएनन्। यस कारण कलेक्टर-सह-सहायक रजिस्ट्रार, सहकारी समितिहरूका न्यायालयद्वारा उनी विरूद्ध गिरफ्तारी वारन्ट जारी गरिएको थियो, जसको अनुपालना गर्दै शनिवार उक्त मामिलामा संलिप्त आरोपी डिफल्टर रविन्दर नाथ (71) पुत्र श्री भगत राम निवासी गाउँ र डाकखाना बीशा तहसील कन्डाघाट, जिल्ला सोलनलाई पुलिस थाना कन्डाघाटको टीमद्वारा पक्राउ गरियो, जसलाई सहायक पंजीयक सभाहरू सोलनको कोर्टमा पेश गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande