
उत्तर 24 परगना, 25 अक्टोबर (हि. स.)। जिल्लाको देगंगामा शनिवार बिहान एकजना व्यक्तिको क्षत-विक्षत औ रक्तरञ्जित शव भेटियो। मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट पाइएको छ। परिवारले हत्या भएको आरोप लगाएको छ। पुलिसले घटनास्थलबाट एउटा हतियार पनि जफत गरेको छ भने मामिलाको सम्बन्धमा एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। तथापि हत्या गर्नु पछाड़िको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
पुलिस सूत्र अनुसार मृतकको नाम बबलू कर्मकार (47) हो जो पेशाले दैनिक श्रमिक थिए। बबलू आफ्नो घरमा एक्लै बस्दै आइरहेका थिए। नजिकैको कोठामा तिनकी आमा बस्छन्।
स्थानीय सूत्र अनुसार बबलूको विवाह भइसकेको भए पनि उसकी पत्नी उसित बस्दिन थिई। शनिवार बिहान आफन्तहरूले उसलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएको कारणले उनहरूले कोठामा गएर हेरे जहाँ उ रक्तरञ्जित अवस्थामा ओछ्यानमा पल्टिरहेको थियो। कोठाभित्र अनि मच्छरदानीमा रगतका छिटाहरू भेटिएको छ।
परिवारले बतायो, बबलूले दिनहुँ नै रक्सी पिउँथ्यो र उसका साथीहरू प्रायजसो नै घरमा आउँथे। गए शुक्रवार राती पनि उसको साथीहरू आएका थिए जोसित उसले रक्सी पिरहेका थिए।
पुलिसले अनुमान व्यक्त गरेको छ, रक्सी पिउने क्रममा कुनै कुरालाई लिएर झगड़ा भयो अनि उसको हत्या गरियो।शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
मृतककी आमा तरु कर्मकारले भनिन्, मेरो छोरा एक्लै बस्थ्यो, उसका साथीहरू आइरहन्थे, तर म उनीहरूलाई चिन्दिनँ। किन मारियो, थाहा छैन। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा