पोखरीबाट महिलाको शव भेटियो, छानबीनमा जुट्यो पुलिस
पोखरीबाट महिलाको शव भेटियो, छानबीनमा जुट्यो पुलिस


भागलपुर, 25 अक्टोबर (हि.स.)। जिल्लाको नाथनगर मधुसूदनपुर थाना क्षेत्रको गंगा प्रसाद ग्राम भतोड़िया निवासी अरविन्द यादवकी पत्नी ललिता देवीको शव शनिवार गाउँकै जगन्नाथ पोखरमा भेटिएको छ।

ग्रामीणहरू जब आज आफ्नो खेततिर गइरहेका थिए तब पोखरी किनार महिलाको शव देखे। त्यहीमध्ये कसैले महिलाको पहिचान गऱ्यो र यसको सूचना पुलिस र उसका परिजनहरूलाई दिइयो। परिजनहरूले पनि महिलालाई खोजिरहेका थिए। तर उनको कुनै पत्तो लाग्न सकेको थिएन।

मधुसूदनपुर थानाध्यक्ष सफदर अलीले बताए, मृतकाको छोरा रितेश कुमारले बतायो, आमा पशुको निम्ति चारो लिन घरबाट निस्केकी थिइन्। उनले पोखरी छेउ घाँस काटिरहेको समय चिप्लेर पोखरीमा लड़ेको हुनसक्नछ। पानी अधिक रहेको कारण उनी पानीदेखि बाहिर निस्कन सकिनन् औं उनको मृत्यु भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande