फ्री फायर खेल युवकबाट ठगियो 2.71 लाख
फ्री फायर खेल युवकबाट ठगियो 2.71 लाख


जीन्द, 25 अक्टोबर (हि.स.)। गाउँ डिन्डोलीको युवकले फ्री फायर एप डाउनलोड गरी खेल्नु शुरू गऱ्यो। साइबर ठगहरूले युवकद्वारा उपलब्ध गराइएको उसको बाबूको खाताबाट दुई लाख 71 हजार रूपियाँ उड़ाए। मामिलाको शिकायत साइबर थाना पुलिसलाई दिइएको छ। पुलिसले पीड़ितको शिकायतमा अज्ञात मानिसहरू विरूद्ध धोकाधड़ीको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

शनिवार जानकारी दिँदै गाउँ डिन्डोली निवासी सुनीलले साइबर थाना पुलिसलाई दिएको शिकायतमा बताए, उसले काम खोजीरहेको छ। उसले मोबाइल फोनमा फ्री फायर गेम डाउनलोड गरेको छ। उसले फ्री फायर खेल्दछ। गत 03 सेप्टेम्बरमा फायर फ्री गेम खेलेको समय उसले पैसा कमाउने अफर पायो। जसमा उसलाई फायदा देखाइयो। यस प्रलोभनमा आएर उसले अर्को पार्टीसित रूपियाँ लगाएर फ्री फायर गेम खेल्नु शुरू गऱ्यो। उसको गेम खेल्ने क्रम 21 अक्टोबरसम्म जारी रह्यो। राशि रिटर्न गर्नका सट्टा उमाथि गेम खेल्ने दबाउ बनाउन थालियो। जबसम्म उलाई आफू ठगिएको महसूस भयो तबसम्म उसको बाबूको खाताबाट दुई लाख 71 हजार 368 रूपियाँ हराइसकेको थियो। साइबर थाना पुलिसले सुनीलको शिकायतमा अज्ञात मानिसहरू विरूद्ध धोकाधड़ीको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। शनिवार जानकारी दिँदै साइबर थानाका जाँच अधिकारी संदीपले बताए, फ्री फायर खेल्ने क्रममा धोकाधड़ी गरेको मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande