युवतीको घाॅंटी रेटेर गरियो हत्या, पोस्टमार्टम रिपोर्टमा दुष्कर्मको पुष्टि भएन
युवतीको घाॅंटी रेटेर गरियो हत्या, पोस्टमार्टम रिपोर्टमा दुष्कर्मको पुष्टि भएन


बान्दा, 25 अक्टोबर (हि.स.)। उत्तर प्रदेशमा बान्दा जिल्लाको देहात कोतवाली क्षेत्रमा शुक्रवार अबेर साझँ भेटिएको युवतीको शवको पोस्टमार्टम रिपोर्ट आएको छ। रिपोर्टमा दुष्कर्मको पुष्टि भएको छैन तर गला घोटेर हत्या गरिएको कुरा भनिएको छ।

पुलिस अधीक्षक पलास बंसलले शनिवार बताए, लुकतरा गाउँमा शुक्रवार एक 18 वर्षीय युवतीको शव घरभित्र संदिग्ध अवस्थामा पाइएको थियो। परिजनहरूले दुष्कर्मपछि हत्या गरिएको आरोप लगाएका थिए। पुलिसले घटनास्थलको जाँचपछि शवलाई पोस्टमार्टमको निम्ति पठाएर जाँच शुरू गऱ्यो। शनिवार आएको पोस्टमार्टम रिपोर्टमा दुष्कर्मको पुष्टि भएको छैन जबकि मृत्युको कारण गला घोटेको बताइएको छ।

एसपीले बताए, पोस्टमार्टम रिपोर्ट अवलोकनको माध्यमले गलामा चोट लागेको कारण युवतीको मृत्यु हुनु पाइएको छ। यसमा कुनैपनि लैंगिक अपराधको साक्ष्य भेटिएको छैन। अन्य सबै पहलुहरूलाई ध्यानमा राखेर पाँच टीमको गठन गरी छिटोभन्दा छिटो अभियुक्तहरूलाई पक्राउ गरी घटनाको अनावरण गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande