असम क्याबिनेटले 12,000 भन्दा अधिक एसएसए शिक्षकहरूको नियमतीकरणलाई दियो स्वीकृतिः मुख्यमन्त्री
असम क्याबिनेटले 12,000 भन्दा अधिक एसएसए शिक्षकहरूको नियमतीकरणलाई दियो स्वीकृतिः मुख्यमन्त्री


गुवाहाटी, 26 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरे, राज्य सरकारले सर्व शिक्षा अभियान (एसएसए) अन्तर्गत 12 हजारभन्दा अधिक शिक्षकहरूको सेवालाई नियमित बनाउने महत्वपूर्ण निर्णय लिएको छ।

मुख्यमन्त्रीले सोशल मीडिया फेसबुकको माध्यमबाट जारी एक सन्देशमा आज भनेका छन्, राज्य सरकार बितेका केही वर्षदेखि यता शिक्षहरूलाई उत्कृष्ट सुविधा प्रदान गर्न अनि उनीहरूको दीर्घकालीक मागहरूलाई पूरा गर्नको लागि निरन्तर प्रयासरत छ। उनले बताए, हालैमा असम क्याबिनेटले एक निर्णयलाई स्वीकृति दिएको छ जसान्तर्गत 12 हजारभन्दा अधिक एसएसए शिक्षकहरूलाई शिथिल नियमसँगसँगै नियमितीकरण गर्नको लागि आवेदन गर्ने अनुमति दिएको छ। मुख्यमन्त्रीले भने, यो कदमले शिक्षकहरूको कल्याण अनि स्थाित्वको दिशामा सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande