मुख्यमन्त्रीले विधायकद्वय कमल ताँती र तरंग गोगोईलाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले विधायकद्वय कमल ताँती र तरंग गोगोईलाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 26 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज राज्यका दुईजना विधायकहरू क्रमैले कृष्ण कमल ताँती र तरंग गोगोईलाई जन्मदिननको हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले सोशल मीडिया फेसबुकको माध्यमबाट प्रेषित एक सन्देशमा भनेका छन्, विधायक कृष्ण कमल ताँती एकजना धरातलसित जोड़िएका नेता हुन् जसले आफ्नो निर्वाचन क्षेत्रका मानिसहरूको लागि राज्य सरकारका रूपान्तरकारी पहलहरूलाई अगाड़ि बढ़ाइरहेका छन्। उनले माँ कामाख्या र महापुरूष श्रीमन्त शंकरदेवसित उनको दीर्घायु एवं स्वस्थ जीवनको कामना गरे।

यसरी नै विधायक तरंग गोगोईलाई पनि जन्मदिनको शुभकामना दिँदै मुख्यमन्त्रीले भने, उनले जनकल्याणका योजनाहरूलाई धरातलमा प्रभावकारी ढंगमा लागू गरिरहेका छन् भने असमको क्रिकेट परिदृश्यलाई पनि नयाँ दिशा दिरहेका छन्। मुख्यमन्त्रीले उनको लागि पनि माँ कामाख्या अनि श्रीमन्त शंकरदेवसित दीर्घायु एवं स्वस्थ जीवनको प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande