
गुवाहाटी, 26 अक्टोबर (हि.स.)। असमको शहर गुवाहाटीको हात्ती गाउँस्थित लखिमी नगर क्षेत्रमा एउटा भाड़ाको घरमा भेटिएको एकजना युवतीको शवलाई पुलिसले चिन्हित गरेको छ।
पुलिस सूत्रबाट आइतवार प्राप्त जानकारी अनुसार मृतका रिया राजवंशीको शवलाई गत 24 अक्टोबरको अबेर राती ओछ्यानमै कम्बलमा बेरिएको अवस्थामा भेटिएको थियो। शवलाई आरोपीको कोठामा उपस्थित बंजीता राभाले देखिन्। वास्तवमा राभा एक सातापछि आफ्नो बाड़ाको कोठामा फर्किएकी थिइन्। शव देखेपछि तिनले तत्कालै पुलिसलाई बताइन्। त्यसपछि पुलिस युवतीको पहिचन खोलाउन जुटेको थियो।
पुलिसले रोहन कश्यप उपनाम नयन दासलाई पक्राउ गरेको छ। जसमाथि आरोप छ, उसले नै राजवंशलाई लखिमी नगरस्थित 12 नम्बर घरमा ल्याएको थियो जतिबेला राभा बाहिर थिई। आरोपी रोहन कश्यप उपनाम नयन दास जो कथित रूपमा विवाहित हुनको साथै बच्चाहरू पनि छन्, बितेको लगभग छः सप्ताहदेखि भाड़ाको घरमा बंजीता राबासित लिभ-इन-रिलेशनशिपमा बस्दै आएको थियो।
अधिकारीहरूले घटनास्थलमा प्रचुर मात्रामा ड्रग्स, ड्रग्सको कन्टेनर तथा 1.5 लाख रुपियाँभन्दा अधिक नगद फेला पारेका थिए। एक फोरेन्सिक टीम र आपराधिक जाँच विभागले सम्पूर्ण जाँच गऱ्यो भने मेजिस्ट्रेटको देखरेखमा गुहावाही मेडिकल कलेज एण्ड हस्पिटलमा युवतीको शवको पोस्टमर्टम अनि भीडियो रेकर्डिंग गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा