‘खरना’ छठ पूजाको दोस्रो दिन, संयम औ परिवार कल्याणको प्रतीक हो: मुख्यमन्त्री
‘खरना’ छठ पूजाको दोस्रो दिन, संयम औ परिवार कल्याणको प्रतीक हो: मुख्यमन्त्री


गुवाहाटी, 26 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले छठ पूजाको दोस्रो दिन ‘खरना’ -को अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्। उनले भने, ‘खरना’ छठ पूजाको दोस्रो दिन हो जुन संयम, आत्मसंयम औ परिवारको कल्याणको प्रतीक हो।

मुख्यमन्त्रीले भने, यो पर्व सूर्य उपासना अनि प्रकृतिप्रति आस्थाको अद्भुत उदाहरण हो। छठ पूजामा श्रद्धालुहरूले सूर्य देव र छठी मइयासित आफ्नो परिवार अनि समाजको सुख, समृद्धि एवं स्वास्थ्यको कामना गर्दछन्।

उनले प्रार्थना गर्दै भने, “सूर्य देव एवं छठी मइयासित मेरो प्रार्थना छ कि उनीहरूले सबैको जीवनमा सुख, समृद्धि एवं शान्ति कायम राखिदिउन्।”

डा. सरमाले यो पनि भने, छठ पूजा एउटा धार्मिक उत्सव मात्र नभएर यो लोक आस्था, अनुशासन र पर्यावरण संरक्षणको सन्देश दिने पर्व हो जसले भारतीय संस्कृतिलाई गहिराईबाटै दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande