
गुवाहाटी, 26 अक्टोबर (हि.स.)। दीपावलीको उत्साह समाप्त हुनसाथ असम अब छठ पूजाको तयारीमा जुटेको छ। गुवाहाटीमा प्रशासनिक अधिकारीहरूले ब्रह्मपुत्र नदीको किनारमा तयारीलाई अझ तीव्रता दिरहेका छन्। सूर्य देवलाई समर्पित चार दिवसीय यो पर्व गए शनिवारदेखि शुरू भयो भने आगामी मंगलवार अर्थात 28 अक्टोबरमा सम्पन्न हुनेछ जसमा राज्यभरिका नदी तथा जलाशयहरूको किनारमा हजारौं भक्तहरू आराधनाको लागि जुट्नेछन्। गुवाहाटीमा अधिकारीहरूले महापर्व छठ अवधि सुरक्षा अनि सही प्रबन्ध गर्नको लागि ब्रह्मपुत्र घाटहरूको गए अबेर राती जायजा लिए।, एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, पूजा कमिटीहरू, नदी पुलिस, स्टेट डिज़ास्टर रिस्पन्स फ़ोर्स (एसडीआरएफ) औ नेशनल डिज़ास्टर रिस्पन्स फ़ोर्स (एनडीआरएफ)-सितको कोअर्डिनेशनमा डिटेल्ड सुरक्षा प्लान बनाइएको छ। अधिकारीहरूले भने, हामीले नदी किनारका सबै व्यवस्थाहरूको समीक्षा गरेर सुरक्षाको उपायलाई बढ़ाइदिएका छौं। पानीको लेभलमा नजिकबाट नजर राखिँदैछ। हाम्रो उदेश्य यो सुनिश्चित गर्नु हो कि श्रद्धालुहरू कुनै अप्रिय घटनाबिनै आफ्नो पर्व मनाउन सकुन्। प्रशासनले ठूला घाटहरूमा पूजा गर्नेहरूको आशा अनुरूप भीड़लाई सम्हाल्नको लागि ट्राफिक म्यानेजमेन्ट स्टेटेजी पनि बताएको छ। शहरका विशेष स्थानहरूमा सफाई अनि ब्यारिकेडको काकम पूरा भइसकेको छ।
यसबीच छठ महापर्वलाई मध्यनजर गर्दै गुवाहाटीको फ्यान्सी बजारमा मानिसहरूलाई आज फल-फूल लगायत अन्य पूजाका सामग्रीहरू किनमेल गरिरहेको देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा