
घाटाल (मेदिनीपुर), 26 अक्टोबर (हि. स.)। घाटाल महकुमाको आबकारी विभागले लगातार संचालित अभियान अन्तर्गत आइतवार भोर बिहान मनसुकाड़का विभिन्न क्षेत्रहरूमा ठूलो कारबाही गऱ्यो। विभागले देशी मदिरालाई नष्ट गरिदियो अनि मदिरा बनाउँदा उपयोग हुने उपकरणहरूलाई जफत गऱ्यो।
घाटाल एसडीओ सुमन विश्वासले बताए, घाटालमा बाढ़ी आएदेखि नै अभियानलाई अझ तीव्रता दिइएको छ। हरेक दिन विभागको टीमले विभिन्न क्षेत्रहरूमा छापा मारिरहेको छ। अभियानसँगसँगै ग्रामीण एवं स्थानीय महिलाहरूको लागि जागरूकता कार्यक्रम पनि आयोजना गरिँदै आएको छ।
चोलाई (देशी मदिरा) बनाउँदा प्रयोग हुने गुड़को मिश्रमलाई स्थानीय भाषामा ‘जाबा’ वा ‘जावा’ भनिन्छ। यसलाई प्लास्टिकको ड्रममा राखिन्छ अनि अस्वस्थ्यकर परिस्थितिमा राखिने यो मिश्रणले गम्भीर स्वास्थ्य खतरा उत्पन्न गर्छ। आजको अभियानमा जाबाले भरिएका ड्रमहरूलाई नष्ट गरियो भने गुड़पानी राखेको भाँड़ाहरूलाई आबकारी विभागको परिसरमा ल्याइयो।
विभागले मानिसहरूसित अपील गरेको छ, उनहरूले देशी मदिरा बनाइहेको थाहा लागे यसको जानकारी प्रशासनलाई दिउन्। यसको लागि आवश्यक नम्बर पनिजारी गरियो। विभागको भनाइ छ, छापामारीबाट मात्र यो प्रथा बन्द हुनेछैन। यसको लागि सामाजिक जागरूकता र ग्रामीणहरूको सहयोगको पनि खाँचो पर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा