जिममा आगलागी, क्षेत्रमा सन्त्राष फैलियो
जिममा आगलागी, क्षेत्रमा सन्त्राष फैलियो


खड़गपुर, 26 अक्टोबर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको खड़गपुरमा गए शनिवार साँझ एक व्यायामशाला (जिम)-मा अचानक आगो लाग्यो। यस घटनाले क्षेत्रमा भाग-दौड़ मचियो। यो जिम बिजुली भवन कार्यालयको ठीक अगाड़ि अवस्थित छ।

प्रत्यक्षदर्शीहरू अनुसार साँझ अचानक जिमबाट धुँवा निक्लिरहेको देखेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि आगोलाई निभाउन जुटे। तत्कालै दमकल विभागलाई सूचना दिइयो। दमकलका दुई वटा वाहनहरूले स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रण गऱ्यो।

तथापि आगलागीको सठीक कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। स्थानीय मानिसहरूको अनुमानमा आगलागी शर्ट सर्किटको कारणले भएको हुनसक्छ।

घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। स्थानीय मानिसहरूले घटनाको निन्दा गर्दै प्रशासनसित सुरक्षा व्यवस्थालाी सुदृढ़ बनाउने माग गरेका छन्।

स्थानीय प्रशासनले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। पुलिस र दमकल विभाग यो पत्तो लगाउन जुटेको छ कि आगो कसरी लाग्यो र सुरक्षा मानदण्डहरूको पालन जिम परिसरमा गरिएको थियो कि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande