तीन महिनाभित्रै जर्जर भयो नवनिर्मित सड़क, भ्रष्टाचार भएको आरोप
तीन महिनाभित्रै जर्जर भयो नवनिर्मित सड़क, भ्रष्टाचार भएको आरोप


खड़गपुर, 26 अक्टोबर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको खड़गपुरमा हालैमा निर्मित लास्ट लास्ट मालंचा श्मशान मोड़देखि साहा चौकसम्म पुग्ने सड़क मार्गको अवस्था तीन महिना बित्दा-नबित्दै दयनीय भएको छ। सड़कको अवस्था जर्जर हुन थालेपछि भ्रष्टाचार र कार्यको गुणस्तरमाथि प्रश्न उठिरहेको छ।

क्षेत्रका पूर्व काउन्सिलर देवाशीष घोषको भनाइ छ, तृणमूल कार्यकर्ताहरूले काउन्सिलर, चेयरम्यान तथा एमकेडीएका भाइस चेयरम्यानलाई बाइपास गरेर सड़क निर्माण गराए जसले गर्दा सड़कको अवस्था यहाँसम्म पुगेको छ। अर्कोतिर तृणमूल कंग्रेसका स्थानीय कार्यकर्ता रूपेश बसुले भने, सड़कको निर्माण कार्य अहिले पूरा भएको छैन। विभिन्न कारणहरूले निर्माण कार्य पूर्ण हुन सकेको छैन।

समाजसेवी राजकुमार दासले सड़क निर्माणमा भ्रष्टाचारको मुद्दालाई गम्भीर रूपमा उठाउँदै स्थानीय तृणमूल नेताहरूलाई कठघरामा उभ्याए। उनले भने, जनता र प्रशासन दुवै नै सतर्क रहनुपर्छ ताकि यस्ता परियोजनाहरूमा पारदर्शिता अनि गुणस्तर सुनिश्चित गर्न सकियोस्।

स्थानीय मानिसहरूले अब प्रशासन र एमकेडीए समक्ष सड़कलाई तत्कालै मरम्मत गराउने माग गरिरहेका छन्।साथै दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग समेत उनीहरूले गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande