
कोलकाता, 26 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)-ले आइतवार विपक्षी दलहरूमाथि आरोप लगायो, जुन दलले आफूलाई संविधानको रक्षक बताउँछ उसैले दिनहुँ त्यसलाई परिवर्तन गर्ने धम्की दिरहेको छ।
भाजपाको सूचना प्रौद्योगिकी प्रकोष्ठका प्रमुख अमित मालवीयले आइतवार एक भाइरल भीडियोको आधारमा भने, राष्ट्रिय जनता दल (राजद)-का विधान परिषद सदस्य कारी सोहेबको यो बयान यस कुराको प्रमाण हो कि विपक्षी दलहरूको असली उदेश्य पछौटे वर्गका अधिकारहरू खोस्नु हो।
स्मरण गराइन्छ, भाइरल भीडियोमा कारी सोहेबलाई यसो भन्दै गरेको सुन्न सकिन्छ कि यदि तेजस्वी यादव बिहारका मुख्यमन्त्री भए उनले संविधानलाई परिवर्तन गरेर वक्फ कानूनमा संशोधन गर्नेछन्। यसमाथि प्रतिक्रिया दिँदै अमित मालवीयले आफ्नो सोशल मीडिया पोस्टमा लेखे, “जसले दिन-रात संविधान बचाउने कुरा गर्छ उसैले संविधानलाई परिवर्तन गर्ने षड़यन्त्र रचिरहेको छ ताकि दलित, पछौटे वर्ग अनि आदिवासीहरूको जमीन तथा अधिकार खोस्न सकोस्।”
मालवीयले प्रश्न उठाए, लोकसभामा विपक्षका नेता राहुल गान्धी अनि राजद नेता तेजस्वी यादव जो बिहारमा महागठबन्धनको मुख्यमन्त्री पदका उ्म्मेद्वार हुन्, के यस किसिकमो बयानको जिम्मेवारी लिन्छन्? उनले भने, “अब प्रश्न राहुल गान्धी र तेजस्वी यादवसित छ, जसले आफूलाई संविधानको स्वयम्भु रक्षक भन्छन्, के उनीहरूले कारी सोहेब जस्ता मानिसहरूलाई गरीब तथा वञ्चित हिन्दूहरूको जमीन अनि आरक्षणमाथि कब्जा गर्न दिन्छन्?”
भाइरल भीडियोमा काकरी सोहेबलाई यो पनि भन्दै गरेको देखिन्छ, जसले नयाँ वक्फ संशोधन अधिनियमलाई समर्थन गरेका छन्, उनीहरूलाई “उपचारको खाँचो” छ। उनले चुनावी सभामा भने, “बिहार र देशलाई बचाउनको लागि एनडीएका सहयोगीहरूलाई परास्त गर्न आवश्यक छ। तेजस्वी यादव मुख्यमन्त्री बन्नसाथ यस्ता सबै बिलहरूलाई रद्द गरिनेछ। महागठबन्धनको सरकार एकता, भाइचारा एवं मानवताको सरकार हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा