
कोलकाता, 26 अक्टोबर (हि.स.)। मनसुनले विदा लिसकेको भए पनि बंगालमा निम्नचापको सिलसिलाले रोकिने नाम लिरहेको छैन।मौसम विभागले चेताउनी दिएको छ, जगद्धात्री पूजा अवधि दक्षिण बंगालमा घना वर्षा हुनसक्छ। बंगालको खाड़ीमा विकसित चक्रवातीय परिसंचरण अब गहिरो निम्नचापमा परिणत भइसकेको छ र यसैबाट जन्मिनेछ चक्रवात ‘मान्था’।
मौसम विभाग अनुसार यस चक्रवातको गन्तव्य पश्चिम-उत्तर-पश्चिम दिशामा रहनेछ। सम्भवतः यो शक्तिशाली चक्रवातले आगामी मंगलवार साँझसम्ममा आन्ध्र प्रदेशको काकीनाड़ा तटमा ल्याण्डफल गर्नेछ। यसको प्रभावले समुद्रमा अग्लो-अग्लो छाल आउनेछ अनि मछुआराहरूलाई 27 अक्टोबरपछि समुद्रमा नजाने कड़ा सल्लाह दिइएको छ।साथै दक्षिण बंगालका किसानहरूलाई खेतमा पाकेको फसललाई सोमवारभित्रमा काटिसक्ने निर्देश दिइएको छ ताकि नोक्सानदेखि बच्न सकोस्।
आइतवार दक्षिण बंगालको मौसम आंशिक रूपमा बादलहरूले घेरिएको हुनेछ। तटीय जिल्लाहरूमा साँझपछि मौसमको स्वरूप परिवर्तन हुनसक्छ। सोमवार उत्तर र दक्षिण 24 परगना, पूर्व अनि पश्चिम मिदनापुरमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
छठ पूजाको दिन मंगलवार पनि कोलकातामा हल्का वर्षा हुनसक्छ। मंगलवार साँझदेखि दक्षिण बंगालमा वर्षाको सिलसिला तीव्र हुनेछ। दक्षिण 24 परगना अनि पूर्व मिदनापुरमा घना वर्षाको चेताउनी जारी गरिएको छ। तटीय जिल्लाहरूमा 30-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने अनुमान छ।
आइतवार उत्तर बंगालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी र अलिपुरद्वारमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। सोमवारदेखि बुधवारसम्म उत्तर बंगालले केही राहत पाउनेछ, तर बिहीवार र शुक्रवार फेरि सबै जिल्लाहरूमा पानी पर्ने सम्भावना प्रबल छ। भारी वर्षा भने मालदा, उत्तर दिनाजपुर, अलिपुरद्वार र कुचबिहारमा हुने चेताउनी जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा