
कोलकाता, 26 अक्टोबर (हि.स.)। पश्चिम बंगाल खाद्य विभाग आगामीले खरीफ सीजनकोशुरुआतसितै आगामी 01 नोभेम्बरदेखि राज्यभरि नै धानको सरकारी खरिद प्रक्रिया शुरू गर्न गइरहेको छ। विभागका एकजना वरिष्ठ अधिकारीले आइतवार बताए, किसानहरूलाई अब धान बेचेको तीन दिनभित्रमा भुक्तान सोझै उनीहरूको ब्यांक खातामा पुग्नेछ। यो व्यवस्था किसानहरूलाई भुक्तानमा हुने विलम्बदेखि बच्ने उदेश्यले गरिएको हो।
खाद्य विभागले बतायो, वर्ष 2025-26 को खरीफ सीजनको लागि राज्यभरि नै मोठ 620 वटा स्थायी धान खरिद केन्द्रहरू स्थापना गरिँदैछ। यस अतिरिक्त 179 वटा मोबाइल खरिद केन्द्र पनि बनाइनेछ जुन विशेष गरी ती सुदूरवर्ती क्षेत्रहरूमा पुग्नेछ जहाँका किसानहरूलाई स्थायी केन्द्रसम्म पुग्न कठिन हुन्छ। यी मोबाइल केन्द्रहरू अतिरिक्त विभागले अस्थायी खरिद शिविर पनि राख्नेछ जसलाई विभिन्न सरकारी एजेन्सीहरूले संचालन गर्नेछन्।
खाद्य विभागद्वारा जारी दिशा-निर्देश अनुसारसम्बन्धित एजेन्सीहरूले धान खरिदको लागि अस्थायी शिविर आयोजना गर्नुभन्दा अघिल्लो दिन नै विभागलाई सूचना दिनुपर्छ। विभागले उक्त सूचनालाई सत्यापन गरी किसानहरूको ब्यांक खातामी शीघ्र भुक्तान सुनिश्चित गर्नेछ।
यस वर्ष किसानहरूलाई प्रतिक्विन्टल धानकोलागि2,369 रुपियाँकोसमर्थन मूल्यप्राप्त हुनेछ। सरकारी खरिद केन्द्रहरूमा धान बेच्ने किसानहरूलाई अतिरिक्त 20 रुपियाँ प्रतिक्विन्टल बोनस दिइनेछ। यसरी किसानहरूलाई मोठ 2,389 रुपियाँ प्रतिक्विन्टल भुक्तान गरिनेछ।
खाद्य विभागले यो पनि स्पष्ट पारेको छ, धान बिक्रीको लागि अनलाइन पञ्जीकरण अनिवार्य हुनेछ। किसानहरूले निर्धारित तिथिमा सम्बन्धित केन्द्रमा धान बेच्न सकेन्छन्। यदि कुनै कारणवश निर्धारित तिथिमा पुग्न सम्भव भएन भने पुनः बुकिंग गर्नुपर्नेछ।
अधिकारीहरूअनुसारनोभेम्बरदेखि आगामी फरवरीसम्मको अवधिलाई चार महिना धान खरिदको लागि सबैभन्दा व्यस्त अनि महत्वपूर्ण अवधि मानिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा