
उत्तर 24 परगना, 26 अक्टोबर (हि. स.)। ब्यारकपुर पुलिस आयुक्तालय अन्तर्गत डिटेक्टिभ डिपार्टमेन्टले गए शुक्रवार राती जुवाका अड्डाहरूमा व्यापक कारबाही गऱ्यो। पुलिसले एकसाथ धेरैवटा क्षेत्रहरूमा रहेका यस्ता अड्डाहहरूमा छापा मारेर 32 जना मानिसहरूलाई पक्राउ गऱ्यो भने लगभग 1.4 लाख रुपियाँ नगद जफत गरियो।
पुलिस सूत्र अनुसार बेलघरिया थाना क्षेत्रमा चारजना मानिसहरूलाई पक्राउ गरियो भने 63 हजार 330 रुपियाँ नगद जफत गरियो। बारानगर थाना क्षेत्रमा 16 जना जुवाड़ेहरूलाई पक्राउ गरिनको साथै 61 हजार 365 रुपियाँ नगद जफत गरियो। यस अतिरिक्त घोला थाना क्षेत्रमा 12 जना मानिसहरूलाई 14 हजार 270 रुपियाँ नगदसितै पक्राउ गरियो।
सबै आरोपीहरूविरूद्ध सम्बन्धित थानाहरूमा प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
पुलिस अधिकारीहरूले बताए, यो अभियान क्षेत्रमा बढ़्दो अवैध जुवा गतिविधिहरूलाई रोक्ने उदेश्यले संचालन गरिएको थियो। आगामी दिनमा पनि यसरी नै छापामारी जारी रहनेछ ताकि अपराधीहरूमाथि लगाम कस्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा