सोनु निगमको श्रीनगर कन्सर्टले पर्यटन तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहित गर्नेछः मनोज सिन्हा
सोनु निगमको श्रीनगर कन्सर्टले पर्यटन तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहित गर्नेछः मनोज सिन्हा


श्रीनगर, 26 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरकाउपराज्यपाल मनोज सिन्हाले भनेका छन्, श्रीनगरमा हुन गइरहेको बलीवुड गायक सोनु निगमको लाइभ कन्सर्टले यस केन्द्रशासित प्रदेशको पर्यटनलाई प्रेरित गर्नको साथै स्थानीय कलाकारहरूलाई व्यापक दर्शकहरूको माझमा आफ्नो प्रतिभा प्रदर्शन गर्नको लागि एक मूल्यवान मञ्च प्रदान गर्नेछ।

उपराज्यपालको सो टिप्पणी यस्तो समयमा आएको छ जतिबेला शहरले यस हाई-प्रोफाइल कन्सर्टको तयारी गरिरहेको छ।

यस कन्सर्टमा ठूलो भीड़ जुट्ने आशा छ र यसले कश्मीरको सांस्कृतिक एवं पर्यटन केन्द्रको रूपमा बढ़्दो आकर्षणलाई उजागार गर्नेछ। यो कार्यक्रम शुरू हुन अब 20 घण्टा मात्र बाँकी रहेको छ।

सिन्हालेश्रीनगरमाबलीवुड गायक सोनुनिगम सहित चर्चित कलाकारहरूद्वारा सजिने कन्सर्टको आतिथ्यको लागि एनडीटीभी गुड टाइम्सको प्रशंसा गरे साथै यसलाई स्थानीय कलाकार तथा केन्द्रशासित प्रदेशको फल्दो-फुल्दो पर्यटन क्षेत्रको लागि एउटा ठूलो कदम बताए।

श्रीनगरमा एनडीटीभीसित बातचित गर्दै एलजी सिन्हाले भने, म एनडीटीभीलाई धन्यवाद दिन चाहन्छु किसोनु निगम जस्तो कलाकार श्रीनगरमा आइरहेका छन्। स्थानीय कलाकारहरूलाई एनडीटीभीले अवसर दिएको छ। यिनीहरूको चर्चा सम्पूर्ण उपत्याकामै भइरहेको छ। धेरैजना मानिसहरू यस कार्यक्रमलाई हेर्न र सुन्न आउनेछन्।

पर्यटकहरूकोआगमनमा भइरहेको वृद्धिमाथि प्रकाश पार्दै सिन्हाले भने, वर्ष 2019 देखि घरेलु एवं अन्तर्राष्ट्रिय पर्यटहरूको ठूलो संख्या जम्मू-कश्मीरमा आइरहेका छन्। जी-20 शिखर सम्मेलनपछि विदेशबाट आउने पर्यटकहरूको संख्या बढ़ेको छ। पछिल्लो तीन-चार वर्षभित्रमा वर्षेनी दुई करोड़भन्दा अधिक पर्यटकहरू जम्मू-कश्मीरमा आएका छन्। यसलाई बढ़्दो आत्मविश्वासको प्रतिबिम्ब अनि दुनियाँको लागि एउटा सन्देश बताए कि कश्मीर पर्यटकहरूको लागि एक सुरक्षित स्थान हो।

अमरनाथ यात्रा औहालैका चुनौतीहरूमाथि टिप्पणी गर्दै उपराज्यपालले भने, पहलगाममा भएको आतंकवादी हमला तथा त्यसपछि पैह्रो जस्तो प्राकृतिक आपदाहरू आइलागिरहेको भए पनि पर्यटन क्षेत्रमा पछि सशक्त रूपमा सुधार भयो। मलाई आशा छ, यो संगीत कार्यक्रमले पर्यटनलाई अझ प्रेरित गर्नेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande