विद्रोही विधायक हुमायुँ कबीरमाति कारबाही गर्नको लागि टीएमसी अनुशासन समितिको बैठक आगामी सप्ताह
विद्रोही विधायक हुमायुँ कबीरमाति कारबाही गर्नको लागि टीएमसी अनुशासन समितिको बैठक आगामी सप्ताह


कोलकाता, 26 अक्टोबर (हि.स.)। पार्टी नेतृत्वविरूद्ध सार्वजनिक बयान दिने नेताहरूमाथि कारबाही गर्नको लागि तृणमूल कंग्रेस (टीएमसी)-ले आगामी सप्ताह आफ्नो अनुशासन समितिको बैठक डाक्ने निर्णय लिएको छ। पार्टी सूत्र अनुसार बैठकमा विशेष रूपमा मुर्शिदाबाद जिल्लाको भरतपुरबाट टीएमसी विधायक हुमायुँ कबीरको विवादित बयानमाथि चर्चा गरिनेछ।

बैठकपूर्व अनुशासन समितिका सदस्यहरूले मुख्यमन्त्री एवं पार्टी प्रमुख ममता ब्यनर्जीसित विचार-विमर्श गर्नेछन्। एकजना वरिष्ठ नेताले बताए, टीएमसी नेता शोभनदेव चट्टोपाध्याय समितिको पक्षबाट सदस्यहरूको सम्पर्कमा छन्। बैठक आगामी सप्ताह हुनेछ तथापि मिति अहिलेसम्म निश्चित गरिएको छैन।

पछिल्लो केही समयदेखि यता हुमायुँ कबीरले जिल्लाका केही टीएमसी पदाधिकारीहरूलाई खुलेर लक्षित गर्दै आएका छन्। उनले मुर्शिदाबाद जिल्ला अध्यक्ष अपूर्व सरकारको नाम उच्चारण गर्दै आरोप लगाए, जिल्लाका केही नेताहरूलाई उनले सार्वजनिक रूपमा उजागार गर्नेछन् अनि उनीहरूको फोटो भित्तामा टाँसिदिनेछन्। उनले चुनौती दिँदै भने, “मलाई पार्टीबाट निकालिदियोस्, म स्वयं जान चाहन्छु। त्यसपछि म बताउँछु कि जिल्लामा कुन किसिमको राजनीति भइरहेको छ।”

कबीरले यो पनि आरोप लगाए, अपूर्व सरकारले स्कूल भर्ती घोटालामा पक्राउ टीएमसी विधायक जीवन कृष्ण साहाको पक्राउमा भूमिका निर्वाह गरेका थिए। उनले यो पनि बताे “मसित जानकारी छ, सही समय आएपछि बताउनेछु कि कसरी जिल्ला अध्यक्षले जीवन साहाका पिता विश्वनाथ साहालाई प्रभावित बनाएर पक्राउ गराए।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande