
कोलकाता, 26 अक्टोबर (हि.स.)। पश्चिम बर्दवान जिल्लाको टीएमसी अल्पसंख्यक प्रकोष्ठका सह-अध्यक्ष शकिल अहमद उपनाम मास्टर शाकिलका छोरा तहसिन अहमदलाई राज्य पुलिसले गए शनिवार राती 138 करोड़ रुपियाँको चिटफण्ड घोटाला मामिलामा पक्राउ गऱ्यो। पुलिस सूत्रानुसार, तहसिनलाई राष्ट्रिय राजमार-19 स्थित चन्द्रचुड़ मोड़ छेउ झारखण्ड गइरहेको एउटा बसबाट पक्राउ गरिएको हो। उबाट 31 लाख रुपियाँको सुन पनि जफत गरियो। भनिन्छ, उ झारखण्ड भाग्ने दाउमा थियो।
मुख्य आरोप छ, तहसिन अहमदले आसनसोलका लगभग तीन हजार निवेशकहरूबाट लाइसेन्स बिनाको एक कर्पोरेट एकाईको माध्यमबाट 350 करोड़ रुपियाँ जमा गराएको थियो। उसले 14 प्रतिशत मासिक ब्याज अर्थात एक लाख रुपियाँको निवेशमा 20 महिनापछि 2.8 लाख रुपियाँ रिटर्न दिने वाचा गरेको थियो। तर गत 15 अक्टोबरको दिन निवेशकहरूलाई भुक्तान गर्ने दिन उ भागेको थियो। उसले सोशल मीडियामा एक भीडियो जारी गरी भन्यो, 20 अक्टोबरसम्म आफ्नो वाचा पूरा गर्न उ असमर्थ छ।
यो मामिलालाई पहिलो पटक गत बिहीवार नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोशल मीडियामा उजागार गरे। उनले तहसिन अहमदको भीडियो साझा गर्दै उसलाई तत्काल पक्राउ गरी प्रवर्तन निदेशालय (ईडी) वा भारतीय प्रतिभूति एवं विनिमय बोर्ड (सेबी)-द्वारा जाँच गराउने माग गरे। अधिकारीले निवेशकहरूको सम्पूर्ण राशि फर्काउने माग पनि गरे।
पछि भाजपाका आईटी सेल प्रमुख औ पश्चिम बंगालका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले पनि यस मामिलामा पोस्ट गर्दै आरोप लगाए, जुन निवेशकहरूको पैसा डुबेको छ, उनीहरूमा अधिकांश अल्पसंख्यक समुदायका छन्।
यता तृणमूल कंग्रेस आरोपी र आरोपीका पिता दुवैदेखि टाड़िएको छ। पार्टीको पश्चिम बर्दवान जिल्लाको अल्पसंख्यक प्रकोष्ठका अध्यक्ष महफुज़ुल हसनले भने, “शकिल अहमद पहिला हाम्रो अल्पसंख्यक प्रकोष्ठका सह-अध्यक्ष थिए, तर अब उनको पार्टीसित कुनै सम्बन्ध छैन।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा