हत्याको मामिलामा एक नाबालिक सहित तीनजना समातिए
हत्याको मामिलामा एक नाबालिक सहित तीनजना समातिए


नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। उत्तर पश्चिमी जिल्लाको आदर्श नगर क्षेत्रमा भएको महिलाको हत्याकाण्डमा पुलिसले एकजना नाबालिक सहित तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूले आलम नामक युवकसित प्रतिशोध लिने उदेश्यले दुईजना महिलाहरूमाथि चक्कुले प्रहार गरेका थिए जसमा एकजनाको मृत्यु भएको थियो भने दोस्रो महिला गम्भीर रूपमा घाइते भएकी थिई। पक्रा पर्ने आरोपीहरूमा विकी (28), अंकित उपनाम आलोक (19) अनि एकजना नाबालिक सामेल छन्।

पुलिसले यिनीहरूबाट हत्यामा प्रयोग गरिएको चक्कु र स्कुटी जफत गरेको छ।

पुलिसका एकजना वरिष्ठ अधिकारीले आइतवार बताए, मामिला गत 23 अक्टोबरको राती साढ़े नौ बजेको हो। पुलिसलाई सूचना प्राप्त भयो, आजादपुरस्थित टीपीटी सेन्टर नजिक एकजना महिला रगताम्मे अवस्थामा लड़िरहेकी छे। घटनास्थलमा पुगेको पुलिसले देख्यो, लगभग 30 वर्षीय महिलाको छात्तीमा चक्कुले प्रहार गरिएको छ जसले गर्दा उसको मृत्यु भयो। दोस्रो महिला जो खजूरी खास निवासी मोहम्मद दुलारेकी पत्नी रहेको बताइएको छ, गम्भीर रूपमा घाइते अवस्थामा लड़िरहेकी छे। उसला तत्कालै अस्पतालमा लगियो। त्यसपछि घटनाको गम्भीरलाई मध्यनजर गर्दै एउटा विशेष टीम गठन गरियो।

पुलिस टीमले सीसीटीभी फुटेजको जाँच साथै स्थानीय सुराकीरहरूको मद्दतले आरोपीहरूलाई चिन्हित गरी केही दिनभित्रै विकी, अंकित र नाबालिकलाई समात्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande