
खड़गपुर, 26 अक्टोबर (हि.स.)। दक्षिण पूर्व रेलवेको खड़गपुर मण्डलका डीआरएमले चाड़-पर्वमा यात्रीहरूको सुविधा तथा आवश्यकताहरूलाई बुझ्नको लागि विशेष पहल गरेका छन्। “सुन्नु, सिक्नु अनि कारबाही गर्नु”- को भावना बोकेर डीआरएम खड़गपुरले गए शनिवार साँझ स्टेशनमा यात्रीहरूसित सोझो सम्वाद गऱ्यो।
यो कार्यक्रम ‘अमृत सम्वाद’ अभियान अन्तर्गत आयोजना गरिएको हो। डीआरएमले यात्रीहरूसित उनीहरूको यात्राको अनुभव, समस्या तथा सुझाउहरूको बारेमा विस्तार पूर्वक चर्चा गरे। यस अवधि यात्रीहरूले स्वच्छता, ट्रेनको समय पालन, प्लेटफर्ममा सुविधा एवं सूचना व्यवस्था आदिसित सम्बन्धित आ-आफ्नो विचारहरू राखे।
डीआरएम खड़गपुरले सबै सुझाउहरूलाई गम्भीर रूपमा सुनेर सम्बन्धित विभागहरूलाई तत्कालै आवश्यक कदम उठाउने निर्देश दिए। उनले भने, यात्रीहरूको मत रेलवेको लागि अत्यन्त मूल्यवान छ र यसै सुझाउहरूबाट नै सेवामा निरन्तर सुधार सम्भव हुनेछ।
रेल प्रशासन अनुसार यस पहलको उदेश्य यात्री अनि रेलवे अधिकारीहरूबीच सोझो सम्वाद स्थापना गर्नु थियो ताकि सेवाहरूलाई अधिक प्रभावशाली, पारदर्शी तथा जनोन्मुख बनाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा