जमीनी विवादमा दुई पक्षबीच कुटपिट, एक व्यक्तिको मृत्यु
जमीनी विवादमा दुई पक्षबीच कुटपिट, एक व्यक्तिको मृत्यु


आजमगढ़, 26 अक्टोबर (हि.स.)। उत्तर प्रदेश आजमगढ़ जिल्लाको रौनापार थाना क्षेत्रमा गए राति खेतको सिमानालाई लिएर दुई पक्षबीच कुटपिट भयो। दुवैमा विवाद यति बढ्यो कि कुटपिटमा एक व्यक्तिको ज्यान नै गयो। घटनापछि गाउँमा तनाव फैलियो र पुलिस बललाई तैनाथ गरिएको छ।

रौनापार थानाध्य मन्तोष सिंहले बताए, सिरिही (दुबौली) गाउँमा दुई पक्षबीच खेतको सिमाना काट्नलाई लिएर पुरानो विवाद चलिरहेको थियो। शनिवार राति लगभग 10.30 बजी भनावैरीपछि दुवैबीच लौरो-डन्डा चल्यो र एक-अर्कामाथि बेल्चाले हमला गरियो। यस हमलामा जितेन्द्र चौहान (40) गम्भीर रूपमा घाइते भए। यसको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र घाइतेलाई अस्पताल पठाइयो तर हरैया स्वास्थ्य केन्द्रमा डाक्टरहरूले उनलाई मृत घोषित गरे।

थानाध्यक्षले बताए, मृतकको परिवारमा पत्नी, दुई छोरी र एक छोरा छन्। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। गाउँमा तनाउलाई मध्यनजर गरेर अतिरिक्त पुलिस बल तैनाथ गरिएको छ। चार आरोपीलाई हिरासतमा लिएर विधिक कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande