शिमलाको नमाणा गाउँमा भयनक आगलागी, पाँच वटा घर जलेर खरानी, 24 जना बेघर
शिमलाको नमाणा गाउँमा भयनक आगलागी, पाँच वटा घर जलेर खरानी, 24 जना बेघर


शिमला, 26 अक्टूबर (हि.स.)। शिमला जिल्लाको ठियोग उपमण्डल अन्तर्गत क्यार पञ्चायतको नमाणा गाउँमा भएको भीषण अग्निकाण्डमा पाँच वटा काठका घरहरू जलेर खरानी भएको छ। आगलागीमा बालक रामको एउटा गाई पनि जिउँदै जल्यो। यस घटनामा तीन दाज्यु-भाइ क्रमैले बालक राम, सन्तराम र लायक राम, पुत्र झरिया तथा अर्को दुई दाज्यु-भाइ हरि राम र रति राम, पुत्र बुद्धि रामको घर जलेर खरानी भएको छ। हेर्दा-हेर्दै यी पाँच परिवारको सबै कुरा जलेर स्वाहा भयो। अब यी पाँच परिवारका 24 जना सदस्यहरूसित शरीरमा लगाएको कपड़ा बाहेक अरू केही बचेन।

अग्निकाण्डको यो घटना गए शनिवार भएको हो जतिबेला एउटा घरमा लागेको आगोले वरपरका घरहरूलाई पनि आफ्नो चटेपमा लियो। सिलिण्डर विस्फोट भएर शुरू भएको आगोले भयानक रूप लियो। गाउँका मानिसहरूले आगोलाई निभाउन हरसम्भव चेष्टा गरे, तर काठद्वारा निर्मित भएको कारणले घरहरूलाई बचाउन सकिएन। अग्निशमन विभागका छः वटा वाहन घटनास्थलमा आइपुगेको भए पनि साँघुरो र क्षतिग्रस्त बाटोको कारणले ठूलो फायर टेण्डर घटनास्थलसम्म पुग्न सकेन जसले गर्दा आगोलाई नियन्त्रण गर्न धेरै गाह्रो साथै ढिलो भयो।

एसडीएम ठियोग शशांक गुप्ताले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए अनि प्रभावित परिवारहरूलाई पाँच-पाँच हजार रुपियाँ तत्काल राहत, तिरपाल र कम्बल उपलब्ध गराए। उनले भने, सबै परिवारहरूलाई गाउँको सामुदायिक भवनमा राखिएको छ जहाँ ग्रामीणहरूको सहयोगले भोजन र अन्य आवश्यक सामानहरू जुटाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande