
कोलकाता, 27 अक्टोबर (हि.स.)। पश्चिम बंगालको पश्चिम मिदनापुर जिल्ला अन्तर्गत नारायणगढ़ विधानसभा क्षेत्रमा तृणमूल कंग्रेसका एकजना पदाधिकारीलाई बूथ लेभल अफिसर (बीएलओ) नियुक्त गरिएको मामिला सामु आएको छ। सत्तासिन दलका पदाधिकारीलाई बीएलओ बनाइएको यो सिकायत पछिल्लो सात दिनभित्रमा दोस्रो हो। दुवै मामिलामा सिकायकतकर्ता पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी हुन्।
पछिल्लो सप्ताह दक्षिण 24 परगना जिल्लाको डायमण्ड हार्बर विधानसभा क्षेत्रको एउटा बूथमा तृणमूल कंग्रेसका एरिया अध्यक्षलाई बीएलओ नियुक्त गरिएको मामिला उजागार भएको थियो। यस मामिलामा मुख्य निर्वाचन अधिकारी (सीईओ) मनोज कुमार अग्रवालले सम्बन्धित जिल्ला मेजिस्ट्रेट एवं जिल्ला निर्वाचन अधिकारीलाईजाँच गरी रिपोर्ट पठाउने निर्देश दिएका थिए। अब नारायणगढ़ विधानसभा क्षेत्रमा पनि यस्तै प्रकारको नियुक्तिको मामिला प्रकाशमा आएपछि सीईओ कार्यालय सूत्र अनुसार पश्चिम मिदनापुर जिल्लाका जिल्ला मेजिस्ट्रेट तथा जिल्ला निर्वाचन अधिकारीसित पनि विस्तृत रिपोर्टको माग गर्ने सम्भावना छ।
भाजपा विधायक शुभेन्दु अधिकारीले सोमवार बिहान चुनाउ आयोगको ध्यान यतातिर दिलाए कि बूथ नम्बर-24, सन्देउलीमा बीएलओको रूपमा नियुक्त सुद्धदेव महापात्रा तृणमूल कंग्रेससित मात्र जोड़िएका छैनन् जबकि तिनी एक जना प्यारा शिक्षक पनि हुन्। प्यारा शिक्षक भएको कारण उनको नियुक्ति चुनाउ आयोगद्वारा निर्धारित बीएलओ चयन मानदण्डहरूको उल्लंघन हो जसमा स्पष्ट रूपमा प्यारा शिक्षकको नियुक्तिमाथि रोक लगाइएको छ।
आयोगको मानदण्ड अनुसार बीएलओ नियुक्तिमा प्राथमिकता राज्य सरकारका स्थायी कर्मचारी, सेवानिवृत्त लाभ जस्तै भविष्य निधि, पेन्शन वा ग्रेच्युटी प्राप्त स्थायी शिक्षकहरूलाई दिइनुपर्छ। अधिकारीले आरोप लगाए, महापात्रालाई नियुक्त गर्दा दुईजना स्थायी प्राथमिक शिक्षक र दुईजना आँगनवाड़ी कर्मीहरूलाई बेवास्ता गरियो जबकि यिनीहरू सबै आयोगको दिशानिर्देश अनुसार पात्र थिए।
शुभेन्दु अधिकारीले भने, म मुख्य निर्वाचन अधिकारी, पश्चिम बंगालसित अनुरोध गर्दछु कि यस मामिलामा तुरून्त संज्ञान लिएर चुनावी प्रक्रियाको पवित्रताको लाकि पात्र सरकारी अधिकारीलाई बीएलओ नियुक्त गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा