गुवाहाटीको खानपाड़ामा भेटियो युवकको शव
गुवाहाटीको खानपाड़ामा भेटियो युवकको शव


गुवाहाटी, 27 अक्टोबर (हि.स.)। गुवाहाटीको खानापाड़ामा सोमवार बिहान फ्लाई ओभर ब्रिज मुनि एक जना युवकको शव भेटियो। मानिसहरूले बिहान शव देख्नसाथ तुरून्त पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर घटनाको प्रारम्भिक जाँच शुरू गरेको छ। मृत युवकको गलामा जुबिन गर्ग क्षेत्रको स्वयंसेवकको पहिचान पत्र झुण्डिएको छ।

मानिसहरू अनुसार कसैले हत्या गरेर युवकको शवलाई यहाँ फालेको हो अनि घटनालाई भिन्नै रूप दिने चेष्टा गरिएको छ। यस अतिरिक्त सोही स्थानमा मदिरा, ड्रग्स एवं अन्य केही असामाजिक गतिविधिहरू पनि हुने गरेको रिपोर्ट स्थानीय मानिसहरूले पुलिसलाई दिए। युवकले हाफ प्यान्ट र शर्ट लगाएको छ भने उसको अनुमानित उमेर 30 वर्ष रहेको छ। युवकको शव नजिकै 50 रुपियाँको नोट पनि भेटिएको छ।

हाल घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर युवकको पहिचान तथा जाँच अगाड़ि बढ़ाउने कार्य शुरू गरेको छ।

बितेको पाँच दिनभित्रमा गुवाहाटीमा चार वटा शव भेटिसकिएको छ। गए साँझ पनि गुवाहाटी नजिकै मालाबारीमा एक जना युवकको शव रूखमा झुण्डिरहेको भेटिएको थियो। गुवाहाटीको रूक्मिनी गाउँमा पनि यसरी नै युवकको शव भेटिएको थियो। यस किसिमका घटनाहरूले फेरि एकपटक साबित गरिदिएको छ कि राजधानी अब अपराधीहरूको स्थल भएको छ, ड्रग्स, चोरी, ठगी एवं हत्याको केन्द्र बनिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande