भव्यता एवं श्रद्धा पूर्वक मनाइँदैछ छठ महापर्वः रेखा गुप्ता
भव्यता एवं श्रद्धा पूर्वक मनाइँदैछ छठ महापर्वः रेखा गुप्ता


नयाँ दिल्ली, 27 अक्टोबर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्लीले पहिलो पटक छठ महापर्वलाई यस्तो भव्यता अनि श्रद्धापूर्वक मनाइरहेको छ। उनले भनिन्, हाम्रो सरकारले हरेक व्रतालु अनि श्रद्धालुहरूको लागि सुगम, सुरक्षित औ दिव्य वातावरण सुनिश्चित गरेको छ।

मुख्यमन्त्रीले सोमवार एक्स पोस्टमा भनिन्, आज यमुना तट पूर्वाञ्चलको आस्थाबाट आलोकित मात्र नभएर दिल्लीको परिवर्तनशील स्वरूपको प्रतीक पनि बनेको छ। छठको प्रसाद हाम्रो संस्कृतिको सबैभन्दा सुन्दर अभिव्यक्तिहरूमध्ये एक हो। डालोमा हाम्रा आमा-दिदी-बहिनीहरूले स्नेहले प्रसाद सजाएको क्षण भक्ति, संयम औ समर्पणको जीवन्त प्रतीक बन्दछ। छठको प्रसाद मात्र अन्न होइन, आस्थाको अंश पनि हो जसले हरेक घरमा शान्ति, सन्तोष र मंगलको सन्देश लिएर आउँछ।

मुख्यमन्त्रीले भनिन्, हाम्रो सरकारले यमुनाको स्वच्छतालाई आस्था अनि संकल्पको आन्दोलन बनाएको छ। परम्परागत नालाहरूलाई ट्याप गरी फोहोर पानी सोझै नदीमा झर्नदेखि रोकेको छ। पुरानो एसटीपीको पुनरूद्धार गरियो अनि नयाँ अत्याधुनिक एसटीपी परियोजना द्रूत गतिमा निर्माण भइरहेको छ। दशकौंपछि दिल्लीले एउटा नयाँ ड्रेनेज सिस्टम पाएको छ। यमुना हाम्रो पहिचान हो र यसको स्वच्छताको लागि हामीले योजनाबद्ध ढंगमा काम गरिरहेका छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande