दुधियामा ह्यूम पाइप पुलको निर्माण कार्य पूर्ण, यातायात आरम्भ
दुधियामा ह्यूम पाइप पुलको निर्माण कार्य पूर्ण, यातायात आरम्भ


सिलगढ़ी, 27 अक्टोबर (हि.स.)। 22 दिनसम्म बन्द रहेपछि अन्ततः दुधिया वैकल्पिक ह्यूम पाइपको पुल सोमवारदेखि खोलिएको छ। मुख्यमन्त्रीको निर्देशमा लोक निर्माण विभागको पहलमा यस पुलको निर्माण कार्य पूरा भएपछि आजदेखि यसलाई खोलिएको हो।

उल्लेखनीय छ,गत चार अक्टोबरमा हिमाली क्षेत्रमा भएको घना वर्षाले बालासन नदीको जलस्तर बढ़ेर दुधियास्थित फलामको पुल भत्किएको थियो। यसले गर्दा सिलगढ़ी र मिरिकबीच यातायात पूर्ण रूपले ठप्प भएको थियो। पछि मुख्यमन्त्रीले दुधियाको भ्रमण गरी तत्काल वैकल्पिक पुल निर्माण गर्ने आदेश दिइन्।

त्यसपछि लोक निर्माण विभागले द्रूत गतिमा कार्य शुरू गऱ्यो। वैकल्पिक पुलको निर्माण कार्य पूरा भएपछि यसलाई खोलिएको छ। यसरी पुल निर्माण भएपछि स्थानीय मानिसहरू लगायत पर्यटन जगतलाई पनि ठूलो राहत पुगेको छ। स्थानीय मानिसहरू अनि वाहन चालकहरू पुल खोलिेको कारणले हर्षित भएका छन्।

यस विषयमा सन्त मेरी ग्राम पञ्चायतका उपप्रधान सन्तोष तामाङको भनाइ छ, मुख्यमन्त्रीको निर्देशमा काम द्रूत गतिमा भएको छ। आजदेखि पुल यातायातको लागि खोलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande