गुवाहाटीमा अपहरण गर्ने प्रयास, बीर लाचित सेनाका आठ जना सदस्य समातिए
गुवाहाटीमा अपहरण गर्ने प्रयास, बीर लाचित सेनाका आठ जना सदस्य समातिए


गुवाहाटी, 27 अक्टोबर (हि.स.)। सोमवार गुवाहाटी शहरमा अपहरण गर्ने प्रयास गरेको आरोपमा बीर लाचित सेनाका आठ जना सदस्यहरूलाई पुलिसले पक्राउ गऱ्यो। जानकारी अनुसार बिहान लगभग 9:30 बजी प्रतीक्षा अस्पताल सामु संगठनका 10–12 सदस्यीय समूहले एक जना युवकलाई अपहरण गर्ने चेष्टा गऱ्यो अनि कथित रूपमा उसित 15-20 लाख रुपियाँको माग पनि गऱ्यो।

घटना घटेको तत्कालै दिसपुर पुलिसले कारबाही गर्दै संगठनका आठ जना सदस्यहरू क्रमैले विश्वजीत दलै, इमजाजुल हक, रोहन अली, मोहन बोरा, नितु अहमद, चिन्मय देव, रियाज अहमदर बिराज बाला कलितालाई पक्राउ गऱ्यो। पुलिसले अपहृत युवक राहुल मिश्राका मित्र इशाद खानको सिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

घटनालाई लिएर प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले संगठनका गतिविधिहरूमाथि असन्तोष व्यक्त गरे। उनले भने,“हामी बीर लाचित सेनाका गतिविधिहरूदेखि असन्तुष्ट छौं। यस संगठनले समाजको परिवेश बिगारेको छ। उल्फा (आई)-लाई जस्तै बीर लाचित सेनामाथि पनि हामीले प्रतिबन्ध लगाउनु पर्छ जस्तो छ।”

मुख्यमन्त्रीले भने, “लाचित सेनाका सदस्यहरूले राज्यका व्यापारीहरूमाथि अत्याचार गरिरहेका छन्। पछिल्लो दुई महिनामा उनीहरूले असमको व्यापारिक परिवेशलाई बिथोल्ने काम गरिरहेका छन्। हिजो लाचित सेनाका एक जना सदस्यले एक जना आमाप्रति जुन किसिमको अपमानजनक टिप्पणी गऱ्यो त्यसको लागि पनि मैले पुलिसलाई कड़ा कारबाही गर्ने निर्देश दिएको छु।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande