
गान्तोक, 27 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई छठ पूजाको हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'छठ पूजा सूर्य देवको आराधनाको माध्यमद्वारा प्रकृति, श्रद्धा र लोक आस्थाको अनुपम पर्व हो। सूर्य सम्पूर्ण सृष्टिको उर्जाको अनन्त स्रोत हो। यो पर्वले हामीलाई प्रकृतिसॅंग सन्तुलन र आस्थासॅंग अनुशासनको सन्देश दिन्छ।
राज्यपालले सबै नागरिकहरूलाई यो पर्व स्वच्छता, श्रद्धा र सामाजिक समरसतासॅंग मनाउन र सूर्यको उर्जाबाट प्रेरणा लिएर जीवनमा अझ धेरै सकारात्मकता अपनाउन आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल